Ad Code

Responsive Advertisement

१.२ भौगोलिक विभाजन

१.२.१ धरातलीय स्वरूपको आधारमा नेपालको विभाजन

नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलको आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदेशमा विभाजन गर्न सकिन्छ ।

(क) हिमाली प्रदेश

नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङ्तिबद्ध रूपमा अवस्थित हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तरदक्षिण चौडाइभित्र फैलिएरको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभागहरू छन् । जस्तै : अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङमुस्ताङ आदि नेपालका भोट क्षेत्र पर्छन् । धवलागिरी चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । त्यस क्षेत्रबाट हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतमसुन्दरतम हिमाली टाकुराहरू नेपालको हिमालयखण्डमा छन् । कञ्चनजङ्घाजनकउम्बकमहालङ्गुररोल्वालिङपुमरीजुगललाङटाङगणेशसेराङकुटाङमनसिरीपेरोलुगुलादामोदरनिलगिरीअन्नपूर्णाधवलागिरीमुस्ताङगौतमपालचुङ हमगाकान्जिरोवाकान्तिगोरखाचाङ्गलाचण्डीनालाकङ्करगुराँस क्रमशः पूर्वदेखि पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खलाहरू हुन् । यी शृङ्खलाहरू अधिकतर भोट (तिब्बत) का सीमावर्ती क्षेत्रमा रहेका छन् ।

हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ । उब्जनी न्यून हुनेहुँदा कृषि नगन्य भए पनि याकभेडाच्याङ्ग्राघोडा आदि पशुपालन र जडिबुटीमा यो क्षेत्र सम्पन्न छ । ऊनीका गलैँचाराडीपाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योगजडिबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् ।

 यो क्षेत्र अल्पाइन र आर्षटिक जलवायु क्षेत्र अन्तर्गत पर्छ । उचाइ र पर्वतको अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमारहेको चुङकुङ गाउँमा आलु फल्छ । २८ सय मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा २ सय मिलिमिटर वर्षा हुन्छ । यस्ता उच्च हिमालका खेतीयोग्य जमिन सोलुखुम्बुमनाङमुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ ।

करिब ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ । लगभग ४,००० मिटर माथिका भूभागमा छोटो अवधिको वर्षायाममा पनि तुषारापात हुन्छ । ,०००,००० मिटरसम्म होचो झाङ झाडी (जडीबुटी) पाइन्छ । तर मुस्ताङ र डोल्पामा प्राकृतिक वनस्पति विशेष कारणले २,८०० मिटर उचाइसम्म पनि हुने गरेको पाइन्छ । करिब १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ । अरू भूभाग ठाडो भीरढुङ्गे र ठन्डा हुँदा चरनको लागि उपयुक्त छैन । घाँस पुनः पलाउन समय लाग्ने भएकाले अधिक चरनबाट जोगाउन चरन व्यवस्थापन यहाँको मूल आवश्यकता हो । माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमीन मात्रै खेतीको लागि उपयुक्त छ । यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन नसकेको कारण उत्पादनको बजारीकरण गर्न कठिनाइ हुने गरेको छ ।

नेपालको लगभग १९.७ प्रतिशत (२,८९९,५०० हेक्टर) ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ । यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमानीग्रस्त (Glaciated) छन् । नदीले पिँध कटान बढी गरेको फलस्वरूप नदी ढलान (Gradient) ले गल्छेडा र गल्छी (Ganyons) बनेका छन् । डाँडाको टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाईको भिन्नता छ । यसैले यहाँको एउटै ढलोमा उष्णउपोष्ण र न्यानो समशीतोष्ण एवं चिसो शीतोष्ण बोटबिरूवा पाइन्छन् । यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भूभाग मध्ये ३४ प्रतिशत भूभागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भूभागले मात्र खेती धानेको छ । यस्तो २००,००० हेक्टर जमीनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ ।

हिमाली क्षेत्रमा नेपालका पूर्वदेखि क्रमशः ताप्लेजुङसंखुवासभासोलुखुम्बुदोलखासिन्धुपाञ्चोकरसुवामनाङमुस्ताङडोल्पामुगुहुम्लाजुम्लाकालिकोटबाजुराबझाङ र दार्चुला गरी १६ जिल्ला पर्दछन् । हिमाली प्रदेशलाई निम्न तीन बृहत क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छः

मुख्य हिमाली क्षेत्र

हिमालयअन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिण रहेका बृहत्तर हिमाली शृङ्खलामा ,००० मिटरभन्दा अग्ला १३११ चुलीहरू रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्सेमकालुचोओयुधवलागिरीमनासलुअन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन रहेका छन् । कञ्चनजङ्घाखुम्बुमहालङ्गुररोल्वालिङ् गणेशगोर्खाअन्नपूर्णधौलागिरीकाञ्जीरोवाअपीशैपाल हिमश्रृङ्खलाअन्र्तगत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये ८ वटा हिमशिखरहरू पर्दछन् । यस क्षेत्रमा कञ्चनजंघाजनकउम्बकमहालंगुररोलवालिङ्पुमरीजुगललाङटाङगणेशसेराङकुटाङमनसिरीपेरीलुगुलादामोदरनिलगिरीअन्नपूर्णधवलागिरीमुस्ताङगौतमपालचुङ हमगाकान्जिरोवाकान्तिगोरखाचाङ्गलाचण्डीनालाकंकरगुँरास गरी क्रमशः पूर्वदेखि पश्चिमसम्म फैलिएका २८ हिमश्रृङ्खलाहरू अवस्थित छन् ।

भित्री हिमाली क्षेत्र

मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पुराङ्गविश्वको सर्वोच्च शिखर सगरमाथा हुम्लामुगुलाङगुबूढी खोटाङकेरूङन्यानमरोङ्गसारखुम्बुकर्मा आदि हिमवेष्टित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खोँच र बेँसी रहेका छन् । हुम्लाजुम्लामुगुडोल्पामुस्ताङ र मनाङमा वृष्टिछाँयामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ । यस भेकमा शुष्क जलवायु पाइन्छ ।

यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुनेहुँदा डालेघाँस प्रायः पाइन्न । यहाँका बासिन्दा खाद्यान्नलुगा र अन्य सामानको ढुवानी खच्चरघोडाचउँरी आदि जनावरबाट गर्ने गर्दछन् । जौगहुँकोदो र आलु ३,००० मिटर उचाइसम्म हुन्छ । हिउँदमा ठन्डा हुनेहुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निक्कै पातलो छ ।

सीमान्त हिमाली क्षेत्र

यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानीहुम्लाको लामा सँस्कृति ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पूराना मानिन्छन् । मनाङमुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन् । वृष्टिछाँयामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरूभूमिका रूपमा रहेको छ ।

 

(ख) पहाडी प्रदेश

उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म उचाँहोचा पहाडहरूफराकिलासाँगुरा उपत्यकादूनबेँसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ । दक्षिणमा करिब ३०० मिटरदेखि उत्तरमा ३,००० मिटरसम्मका उचा भूभागहरू देशको ६८ प्रतिशत धरातल ओगटेर ७६ किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन् । सबैभन्दा बढी भूभाग यस प्रदेशले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ । यस क्षेत्रमा इलामपाँचथरतेह्रथुमधनकुटाभोजपुरखोटाङउदयपुरओखलढुङ्गासिन्धुलीरामेछापकाभ्रेकाठमाडौँ भक्तपुरललितपुरनुवाकोटधादिङमकवानपुरतनहुँलमजुङकास्कीगोरखास्याङ्जापर्वतपाल्पागुल्मीअर्घाखाँचीम्याग्दीबाग्लुङप्यूठानरोल्पारूकुमसल्यानजाजरकोटसुर्खेतदैलेखअछामडोटीडडेलधुरा र बैतडी गरी ३९ वटा जिल्ला पर्दछन् ।

पहाडी प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छ :

चुरे पर्वत श्रेणी

नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित रहेको समुद्रसतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यो पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतमालाको समानान्तर रूपमा लम्बिएको छ भने त्योभन्दा पूर्व खण्डित हुँदै ढिस्का वा थुम्कोको रूपमा रहेको छ । यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ ।

बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामलेसमेत प्रसिद्ध छ । यो नवीनतम पर्वत हो । नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे लगभग ,००० मिटरसम्म अग्लो छ । यो महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएर

फैलिएको छ । कोशीपूर्व थुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा मैनाचुलीचुलाचुली छन् । चुरे पर्वत श्रेणीको धेरै भाग जङ्गलले ढाकेको छ । दाङदेउखुरीराप्तीचितवन आदि उपत्यका दून अवोन्नत (Synclinal) प्रकृतिका भाग छन् । यहाँ गरम हावापानी पाइन्छ । यो क्षेत्रले १२.७ प्रतिशत (१,८७९,००० हेक्टर) ढाक्छ । जलाधार क्षेत्रको उचाइ भिन्नता ७०० मिटरभन्दा कम छ । यहाँको माटो वर्षाको पानी थाम्नसक्ने खालको छैन । यो क्षेत्रमा ह्वात्त बाढी आएजस्तो वर्षामा खोलाहरू बग्छन् । वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ ।

सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भूभागलाई नियन्त्रण गरेको छ । यो शृङ्खला कमजोर एवं अस्थिर छ । करिब ९३ प्रतिशतभन्दा बढी भूभाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन । शिवालिक क्षेत्रमा खेती हुनसक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ । दून उष्ण क्षेत्र भए पनि यहाँको माटो तराईभन्दा भिन्न छ । यो क्षेत्रमा फलफूल र तरकारी कमै हुन्छ । यस क्षेत्रमा जन अतिक्रमणले वननाशभूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ । शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो क्षेत्र बालुवाकङ्कडढुङ्गा र खुकूला खस्रा पदार्थले बनेको छ । खुकूलो चट्टानले बनेको भावरमा सालको वनजङ्गल पाइन्छ । गहिरो घाँटीमा नदीले थुपारेका माटाको भागले बनेका मैदान गंगा मैदानकै अंशका रूपमा रहेका छन् ।

महाभारत श्रेणी

पूर्वपश्चिम फैलिएको समुन्द्र सहतदेखि १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्वपूर्ण भाग हो । यो भाग सेलस्यान्डस्टोनलाइमस्टोनमार्बलस्लेटजस्ता चट्टानयुक्त छ । ठूलाठूला चार नदी हाडजस्ता पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमाकालीगण्डकीले देवघाटमात्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ । ठाउँठाउँमा टार (पालुङटारसल्यानटाररूम्जाटार) र उपत्यका बनेका छन् । होचो हिमालय (Lesser Himalaya) को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुनेहुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hill-Station पनि भनिन्छ । सैलुंगट्याम्केजैथकफुलचोकीशिवपुरीछिम्केश्वरीदामनस्वर्गद्वारीसाकिने डाँडाखोंचे आदि यहाँका प्रमुख शिखर हुन् । पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।

मध्यभूमि श्रेणी

नेपालका चमेलिया (सुदूरपश्चिम)त्रिशूली (मध्य)सुनकोशी र अरूण तथा तमोर नदीद्वारा निर्मित ठूला उपत्यका एवं समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन् । यहाँ तुम्लिङटार (संखुवासभा)रूम्जाटार (ओखलढुङ्गा)मङ्गलटार (काभ्रेपलाञ्चोक)खुमलटार (ललितपुर)बट्टार (नुवाकोट)सल्यानटार (धादिङ)खैरेनीटार (तनहुँ)चौरजहारीटार (रूकुम) जस्ता टार पनि छन् ।

मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु वर्षैभरि कृषिको लागि उपयुक्त छ । तापक्रम न बढी न घटी मध्यम प्रकारको छ । जनसङ्ख्या बृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ । यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा छन् । मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो । कृषिवन र बागबानीबाट यसलाई सघाउ हुने गरेको छ ।

मध्यपहाडमा प्रिक्याम्ब्रियन (Precambraian)फाइलाइट (Phyllites)क्वार्टजाइट (Quartzites)अभ्रखशिष्ट र ग्रानाइटजस्ता विविध चट्टान पाइन्छन् । मध्यपहाडको दक्षिण किनारामा प्रायः महाभारत लेकजस्ता उठेका (Uplifted) पर्वत छन् । यो भाग ऋतुक्षय भएका ग्रेनाइटचुनढङ्गाडोलोमाइटसेलस्यान्डस्टोनस्लेट र क्वार्टजाइटले बनेको छ । शिवालिक जस्तो भूक्षयको प्रभाव छैन । यस क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडो भीर (३५ डिग्री ढलोभन्दा बढी) र पातलो माटाले ढाकेको हुनाले खेतीका लागि उपयुक्त छैन ।

पहाडी प्रदेशमा किराँत (राईलिम्बूतामाङमगरगुरूङबाहुनक्षेत्रीनेवार आदि विभिन्न जातिका मानिसहरू बसोबास गर्छन् । पहाड आफैँमा विभिन्नतायुक्त भएकाले यहाँको घरनिर्माणलवाइखवाइपेसा आदिमा विविधता पाइन्छ । फलफूल खेती र जडीबुटीको लागि बढी उपयुक्त वातावरण पाइन्छ । पहाडका दक्षिण पाखामा बस्ती र खेती धेरै भेटिन्छन् । यस भेकमा इलामधनकुटाचैनपुर, भोजपुरओखलढुङ्गादोलखाबनेपाकाठमाडौँपोखराजुम्लासल्यानडोटीजस्ता सानाठूला बस्ती छन् । पहाडी क्षेत्रको कूल बस्तीमध्ये १,००० मिटरसम्मको उचाइमा १६.३७ प्रतिशत१००१,००० मिटरसम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथि ३,००० मिटरसम्ममा १९.९९ प्रतिशत बस्तीहरू रहेको पाइन्छ । सर्वाधिक बस्तीहरू १००१२००० मिटरसम्ममा केन्द्रीत छन् । नेपालका पाँचै विकास क्षेत्रका क्षेत्रीय सदरमुकाम धनकुटाकाठमाडौँपोखरासुर्खेतदिपायल यही पहाडी इलाकामा अवस्थित छन् ।

आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलतः फलफूल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो । धानमकैगहुँ र गेडागुडीमा यो क्षेत्र विविधतायुक्त उत्पादनशील क्षेत्र भए पनि उर्वरभूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ ।

महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठूलाठूला टारबेंसी र उपत्यकाहरूलाई मध्यभूमी भनिन्छ । यसअन्तर्गत काठमाण्डौंपोखरा, त्रिशुलीपाँचखालमाडी जस्ता उपत्यकाहरू पर्दछन् । त्यस्तै जरायोटारसल्यानटार, चेपेटारकरापुटारवेल्टारसुकेटारतुम्लिङटाररूम्जाटारखरानीटारबट्टार जस्ता उर्वर समथर भूमि पनि यसैअन्तर्गत पर्दछन् ।

 

(ग) तराई प्रदेश

पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्वपश्चिम फैलिएको नेपालको समतल भू– भाग तराई प्रदेश हो । यसलाई मधेश पनि भनिन्छ । यस प्रदेशको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । तराईको सिरान भावर र चुरे हो । उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो । यो क्षेत्र उष्ण क्षेत्र हो । यहाँको जमिन प्रायः समथल छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बोलबाला थियो । औलो उन्मुलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो । समुन्द्रसतहबाट ६० देखि ६०० मिटरको उचाइमा पर्ने यस प्रदेशले नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भूभाग ओगटेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रअन्र्तगत झापामोरङसुनसरीसप्तरीसिराहाधनुषामहोत्तरीसर्लाही, रौतहटबारापर्साचितवननवलपरासीरूपन्देहीकपिलवस्तुदाङबाँके, बर्दियाकैलाली र कञ्चनपुर गरी २० जिल्लाहरू पर्दछन् ।

तराई प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छः

खास तराई

देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई खास तराई भनिन्छ । मिहिन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुण्डुवा पर्वतमालाले काटेकोले खास तराईलाई तीन भाग (पूर्वीमध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङसप्तरीसिराहाधनुषामहोत्तरीरौतहटबारापर्साको दक्षिणनवलपरासीको पश्चिम दक्षिणरूपन्देही र कपिलवस्तुको दक्षिण र बाँकेबर्दियाकैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको खास तराई भनिन्छ ।

भावर क्षेत्र

खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भाँवर क्षेत्र भनिन्छ । ८ देखि १० माइलसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कूल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।

भित्रीमधेश

 

चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेश वा दून क्षेत्र भनिन्छ । ३२ देखि ६४ कि.मि.सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कूल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ । भित्रीमधेशलाई चार क्षेत्रमा बाँडिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्रीमधेश मकवानपुरचितवन र नवलपरासीलाई मध्यभित्रीमधेश दाङ देउखुरीलाई पश्चिमी भित्रीमधेश र सुर्खेत उपत्यकालाई सुदूर पश्चिम भित्रीमधेश भनिन्छ ।

 

 

 

(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो । यस पुस्तकका अन्य समाग्री क्रमै सँग प्रकाशित गर्दै जानेछौं ।)

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement