Ad Code

Responsive Advertisement

नेपालको प्राकृतिक श्रोत र साधनहरू

 १.३ नेपालको प्राकृतिक श्रोत र साधनहरू

१.३.१ भूमि
नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपूर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । Land Resource Mapping Project (१९७८७९) का अनुसार नेपालमा खेतीयोग्य भूभाग १८ प्रतिशत रहेको उल्लेख गरिएको छ । नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था
रैकर भूमि
रैकर शब्दको उत्पत्ति दुई अर्थबाट भएको हो । रै’ भन्ने शब्दले राज्य र कर’ भनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । त्यसैले रैकर भूमि वा जग्गा भन्नाले सरकारी स्वामित्वमा रहेको भूमिलाई भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गालाई जनाउँदछ । यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी राजस्वका रूपमा मालपोत सरकारलाई बुझाउनुपर्दछ ।
विर्ता भूमि
कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई बृत्ति’ स्वरूप प्रदान गरिने जग्गालाई विर्ता जग्गा भनिन्छ । नेपालमा विशेषगरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो । ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई कुश विर्ताकुनै सरकारी कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्तायुद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई मरवटविर्ता भनिन्थ्यो । राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा दिने प्रचलन थियो । यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताका रूपमा वितरण भएको थियो । वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण विर्ता जग्गाहरूलाई रैकरमा परिणत गरियो ।
गुठी भूमि
कुनै विषेश सार्वजनिक वा सामुहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको गोष्ठी’ बाट भएको हो । यसको अर्थ परिषद्’ भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध गराइएको जग्गा गुठीको रूपमा रहेका छन् । नेपालमा विशेष गरी पशुपतिनाथजयबागेश्वरीरामजानकी मन्दिर जस्ता धेरै मठमन्दिरहरूका गुठी जग्गाहरू छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठीदुनियाँ गुठीपिलकराना गुठीबकस गुठी आदि बढी मात्रामा पाइन्छन् । नेपालमा भूमिसुधार ऐन२०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा निर्देशन गर्नका लागि गुठी संस्थानको स्थापना गरिएको छ ।
किपट भूमि
नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो । यस्ता जग्गामा प्रयोगकर्ताले कर तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू जातिहरूलाई किपट जग्गा प्रदान गरेका थिए । यसरी किपट जग्गा प्राप्त गरेका ती क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई सहयोग प्रदान गर्नुपर्दथ्यो । यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो । तर वि.स. २०२१ मा भूमिसुधार लागू भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न पाउने व्यवस्था गरियो ।

(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो । यस पुस्तकका अन्य समाग्री क्रमै सँग प्रकाशित गर्दै जानेछौं ।)

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement