(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो । यस पुस्तकका अन्य समाग्री क्रमै सँग प्रकाशित गर्दै जानेछौं ।)
१.२.३ हावापानीको आधारमा नेपालको विभाजन
नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच
प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ ।
(क) उष्ण मनसुनी
हावापानी (Sub Tropical Monsoon
Climate)
अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको
तराई, भाँवर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ
भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा
हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ ।
वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने
भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक
गर्मी हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ्ग, सुर्खेतजस्ता
भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।
(ख) न्यानो
समशीतोष्ण हावापानी (Warm Temperate Climate)
चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्म
याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठण्डा हुन्छ । गृष्म
ऋतुमा तापक्रम २४ देखि ३० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री
से. सम्म ओर्लिन्छ । नेपालमा पानी पार्ने मनसुनी हावा
दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा
१०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
(ग) ठण्डा
समशीतोष्ण हावापानी (Cool Temperate Climate)
महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,००० फिट) सम्मको उचाइमा
पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम गृष्ममा १५० देखि
२०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म
ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने
हिउँदमा हिँउ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर
भएपनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।
(घ) लेकाली
हावापानी (Alpine Climate)
(ङ) ध्रुवीय
वा हिमाली हावापानी (Tundra Climate)
हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार मि.(१६०००फिट) भन्दा माथिको भू–भागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुनेहुदाँ यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ ।
0 Comments