Ad Code

Responsive Advertisement

१.२.२ नदीको आधारमा नेपालको विभाजन

 (क) कोशी प्रदेश

पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान) बीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ । तमोरअरूणलिखूदूधकोशीतामाकोशीसुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ । यो नेपालको सबैभन्दा ठूलो नदी हो । यो नदी ७२० कि.मि. लामो छ भने जलप्रवाह क्षमता औसत ,५६४ क्यूविक मिटर प्रति सेकेण्ड रहेको छ । यस नदीबाट २२,००० मेघावाटसम्म विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । कोशी प्रदेशको प्रभाव क्षेत्र झण्डै ६० हजार वर्ग कि.मि. रहेको छ । सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी अरूण हो भने सबैभन्दा सानो नदी लिखू हो ।

(ख) गण्डकी प्रदेश

पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धौलागिरि हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ । गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू त्रिशुलीबुढीगण्डकीदरौदीमादीमस्र्याङ्दीसेती र कालीगण्डकी हुन् । गाण्डव ऋषिको नामबाट नामाकरण गरिएको मानिएको यस नदीलाई चितवन जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ । यो नदी मध्यनेपालमा बहन्छजसको प्रवाह क्षेत्र करिब ३८,००० वर्ग कि.मि रहेको छ । करिब ३३८ कि.मि. लामो यस नदीको विद्युत् क्षमता २१,००० मे.वा. रहेको मानिएको छ । यसका सहायक नदीहरूमध्ये कालिगण्डकी सबैभन्दा ठूलो र मादी सबैभन्दा सानो हो । नेपालको सबैभन्दा गहिरो यो नदीले प्रति सेकेण्ड औषत १७१३ क्यु.मि. पानी प्रवाह गर्दछ ।

(ग) कर्णाली प्रदेश

पूर्वमा धौलागिरि हिमालदेखि पश्चिममा ब्यास हिमालबीच कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ । कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्णालीमुगु कर्णालीठूली भेरीसानी भेरीतिलाबुढीगङ्गा र सेती नदी हुन् । यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ । यो नदी मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा बहने नदी होजुन भारतमा पुगेपछि घाघँरा र कहीँकहीँ सरयू नामले समेत चिनिन्छ । यो नदी करिब ४२,००० व.कि.मि. क्षेत्रफल समेटेर बग्दछ । करिब ५०७ कि.मि. लामो यस नदीको विद्युत् उत्पादन क्षमता ३२,००० मे.वा.रहेको मानिएको छ । यो नदीको औषत जलप्रवाह क्षमता प्रतिसेकेण्ड १३१६ क्यु.मि. रहेको छ ।


(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो । यस पुस्तकका अन्य समाग्री क्रमै सँग प्रकाशित गर्दै जानेछौं ।)

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement