Ad Code

Responsive Advertisement

नेपालमा उपलब्ध खनिज पदार्थहरु

 १.३.३ खनिज


खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका
 तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरू, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । आर्थिक वर्ष २०६५/२०६६ मा यस क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा ०.५४ प्रतिशत योगदान रहेको छ । नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन ।


नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्र


क्र.सं.
खनिज
उपलब्ध खनिज पाइने स्थानहरू
१
फलाम
फूलचोकी, ठोसे, चितवन, कूलेखानी, भैँसे, प्युठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ
२
तामा
तामाखानी, सीमाखानी, कूलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी ।
३
अभ्रक
भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल
४
चुनढुङ्गा
चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत
५
सीसा
गणेशहिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, वैतडी
६
जस्ता
गणेशहिमाल, फुलचोकी, माजेर खोला, नाम्पा
७
गन्धक
चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र
८
खरी
सिन्धुपाल्चोक, खोटाङ, भोजपुर
९
स्लेट
बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
१०
मार्वल
गोदावारी, महाभारत पर्वत शृङ्खला
११
गेरू
सिन्धुपाल्चोक, चौतारा
१२
कोइला
दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौं उपत्यका
१३
पेट्रोलियम
कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्युठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।
१४
ग्याँस
तराईको विस्तृत भू– भाग, मुस्ताङ्ग क्षेत्र र काठमाडौं उपत्यका
१५
सुन
सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ ।
१६
चाँदी
चिसापानी गढी, बाग्लुङ, फुलचोकी
१७
कोवाल्ट
पाल्पा, गुल्मी, अर्घाखाची, धनकुटा
१८
सोडा
सल्यान, डोटी
१९
सिधेनून,
वीरेनून
रसुवा, स्याप्रुवेसी
२०
निओवेरस
(दुर्लभ धातु)
गोरखा, डडेल्धुरा, जाजरकोट
२१
निकेल
खोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले
२२
म्याग्नेसाइट
दोलखाको खरिढुङ्गा, उदयपुरको कम्युघाट, मुस्ताङको नूनखानी

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement