Ad Code

Responsive Advertisement

ताल, कुण्ड र पोखरीहरू

१.३.५ ताल, कुण्ड र पोखरीहरू

तिलिचो ताल
विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल ४९१९ मिटरको उचाइमा फाक्चे हिमालको काखमा रहेको छ । यो मनोरम ताल मुस्ताङको साँघमा अन्नपूर्ण हिमालको उत्तरी भेक मनाङ जिल्लामा पर्दछ । यो तालको लम्बाइ करिब ४ कि.मि. तथा चौडाइ १.२ कि.मि. छ । यो तालको गहिराइ करिब २०० मिटर जति रहेको छ । यस ताललाई तिरि–चो वा तिलिजो पनि भनिन्छ । यस तालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालय पर्दछ । हिउँ, जल तथा ढुङ्गाको सौन्दर्यमा खुलेको हुनाले यो ताल अति नै मनमोहक छ ।
रारा ताल
मुगु जिल्लामा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो तालको रूपमा प्रसिद्ध छ । यसको लम्बाइ ५.२ कि.मि., चौडाइ २.४ कि.मि. र गहिराइ १६७ मिटर छ । यो समुन्द्र सतहदेखि ३२०० मिटर उचाइमा रहेको छ र यसलाई महेन्द्रताल पनि भनिन्छ । यो ताल अति रमणीय छ ।
फोक्सुण्डो ताल
फोक्सुण्डो ताल कर्णाली अञ्चलको डोल्पा जिल्लामा अवस्थित छ । कान्जिरोवा हिमालको दक्षिण फेद तथा भेरीको मुख्य शाखा जगदूल्ला खोलाको शिरान कागमारा लेकको काखमा अवस्थित फोक्सुण्डो ताल समुद्र सहतदेखि करिब ३६१३ मिटरको उचाइमा अवस्थित छ । यो ताल उत्तर दक्षिणतर्फ लामो एवं पूर्वपश्चिमतर्फ चौडा देखिन्छ । यो तालको लम्बाइ करिब ४.८२ कि.मि. तथा चौडाइ १.६१ कि.मि. रहेको छ । यस तालको स्थानीय नाम ‘रिग्मो’ हो । यो ताल तीनकुने लाम्चो आकारको छ । यो ताल रारा ताल पछिको दोस्रो ठूलो र मुलुकको सबैभन्दा गहिरो ताल हो जसको गहिराइ करीब ६५० मिटर रहेको अनुमान गरिएको छ । यो तालको पानी अत्यन्तै चिसो भएको कारणले गर्दा यस तालमा कुनै किसिमका जीवात्मा पाइँदैनन् । यस तालको निकासको रूपमा रहेको सुलीगड खोलामा करिब १७६ मिटरको झरना पनि बनाएको छ ।
फेवा ताल
कास्की जिल्लाको पोखरामा रहेको फेवातालको लम्बाइ ४.८ कि.मि.,चौडाइ १.५ कि.मि.र गहिराइ २४ मि. रहेको छ । यो तालमा माछापुच्छे«को छायाँ देखिने हुनाले बडो मनमोहक हुनाको साथै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ ।
च्छो रोल्पा ताल
यो ताल दोलखा जिल्लामा पर्दछ । यो समुन्द्र सतहदेखि ४,५८० मिटरको उचाइमा अवस्थित छ । यस तालको लम्बाइ ३ कि.मि., चौडाइ ०.५ कि.मि.र गहिराई १०० मिटर रहेको छ । यो तालमा करिव ८ करोड घनमिटर पानी रहेको अनुमान छ । विस्फोटन हुने खतरामा रहेको यस ताललाई विस्फोटनबाट बचाउन पानी बाहिर निकाल्न साइफन जडान गरिएको छ ।
रानी पोखरी
राजा प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिलाउनका लागि रानी पोखरीको निर्माण गरेका थिए । यो पोखरीको लम्बाइ १८० मिटर, चौडाइ १४० मिटर र क्षेत्रफल झण्डै ३२ रोपनी छ । यस पोखरीको उत्तरपूर्व र उत्तरपश्चिम कुनामा भैरव, दक्षिणपूर्व कुनामा महालक्ष्मी र दक्षिणपश्चिम कुनामा सोह्र हाते गणेश स्थापना गरिएको छ ।
बेगनास ताल
रूपातालसँगै पचभैया डाँडाको अर्को पाखामा बेगनास ताल रहेको छ । समुद्री सतहबाट ६७७ मिटर उचाइमा अवस्थित ७.५ मि. गहिरो यो ताल २२५ हेक्टरमा फैलिएको छ ।

टौदह
काठमाडौँ उपत्यका जलमय भएको अवस्थामा मन्जुश्रीले खड्गले काटेर वा भगवान श्रीकृष्णले चक्र प्रहार गरी चोभारको गल्छी काटेर पानी बाहिर पठाए पछि यहाँका नागहरू पनि बाहिर जानुपर्ने अवस्था सिर्जना भएकोले चोभार भूतखेल भन्ने ठाउँमा पोखरी बनाई सोही ठाउँमा नागहरूका राजा कर्कोटकलाई बस्ने ठाउँ दिइएकोले टौदहलाई कर्कोटक नागको वासस्थान पनि भनिन्छ । यो ८४ रोपनी जल क्षेत्रसहित ९६ रोपनी जग्गामा फैलिएको छ । दर्जनौँ प्रकारका पक्षीहरू यहाँ पाइने हुदाँ चराहरूको अध्ययन र अनुसन्धानका लागि यो ठाउँ आर्कषक छ ।
घोडाघोडी ताल
कैलाली जिल्लाअन्र्तगत महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा घोडाघोडी ताल रहेको छ । यस तालको बीचबीचमा चारपाँचवटा थुम्का थुम्कीहरू बनेका छन् । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकोले सोहीमन्दिरको आधारमा तालको नामाकरण गरिएको हो । यो तालको छेउको जङ्गलमा दुर्लभ पक्षी धनेशका अतिरिक्त अनेकौं पशुपक्षीहरू पाइन्छन् । तालभित्र माछा, गोही, कछुवा आदि पशुपंक्षीहरू पाइन्छन् ।

गोसाईकुण्ड
जनैपूर्णिमाको दिन मेला भर्न हजारौँ धर्मावलम्बनीहरू आउने साथै धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित रहेको गोसाईकुण्ड बागमती अञ्चलको रसुवा जिल्लामा पर्दछ । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल समुद्र सतहबाट करिब ४६०२ मिटर उचाइमा रहेको छ । सूर्यकुण्ड (पूर्व र उत्तरी झरनाबाट गोसाईकुण्ड बन्न पुगेको हो ।
रूपा ताल

कास्की जिल्ला पोखराको पूर्व उत्तरी भागमा पचभैया पर्वतको फेदमा रूपाताल छ । समुद्री सतहबाट ७०१ मिटरको उचाइमा अवस्थित ४.५ मिटर गहिराइ भएको रूपाताल १२० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालमा हाल मत्स्यपालन गरी आर्थिक लाभ लिन थालिएको छ ।

नेपालका केही प्रसिद्ध ताल, कुण्ड र पोखरीहरू


क्र.सं.
ताल, कुण्ड, पोखरी
स्थान (जिल्ला)
१
रारा ताल
मुगु
२
फेवा ताल
कास्की
३
रूपा ताल
कास्की
४
मैदी ताल
कास्की
५
बेगनास ताल
कास्की
६
शे–फोक्सुण्डो वा रिग्म ताल
डोल्पा
७
बीसहजार ताल, नन्दभाउजू ताल
चितवन
८
गैडहवा ताल
रूपन्देही
९
लौसा ताल
रूपन्देही
१०
सग्रहवा ताल
रूपन्देही
११
जाखिरा ताल
कपिलवस्तु
१२
घोडाघोडी ताल
कैलाली
१३
बुलबुले ताल
सुर्खेत
१४
जगदीशपुर ताल
कपिलवस्तु
१५
रानी ताल
कञ्चनपुर
१६
झिलमिला ताल
कञ्चनपुर
१७
तिरीछो (तिलिचो) ताल
मनाङ
१८
खप्तड दह
अछाम
१९
गोसाईकुण्ड
रसुवा
२०
इन्द्रसरोवर
मकवानपुर
२१
टौदह
काठमाडौँ
२२
रानीपोखरी
काठमाडौँ
२३
नागदह
काठमाडौँ
२४
गंगासागर
धनुषा
२५
महाराजा सुन्वर्षी पोखरी
मोरङ
२६
माइदिया पोखरी
पर्सा
२७
सुर्मा सरोवर
बझाङ
२८
पञ्चासे ताल
स्याङ्जा , पर्वत र कास्की
२९
गिरी दह
जुम्ला
३०
सुना दह
डोल्पा र बाग्लुङ जिल्लाको सीमा क्षेत्र
३१
गुफा पोखरी, सभापोखरी
सङ्खुवासभा
३२.
माई पोखरी
इलाम

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement