Ad Code

Responsive Advertisement

राणाशासन काल

 राणाशासन काल

२.७ राणाशासन काल
पृथ्वीनारायण शाहको पूर्वी नेपालको कोशी क्षेत्रको विजय अभियानमा कास्की र लमजुङका कुँवर क्षेत्रीहरूले अधिक मात्रामा भाग लिएका थिए । यसै कारण जङ्गबहादुरले आफूलाई कास्की र लमजुङका महाराज घोषित गराए । राणा प्रधानमन्त्रीहरू श्री ३ महाराज कहलिन थाले । पूर्वी विजयपछि पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई प्यूठान पठाए । त्यहाँ उनी बारूदखाना तैयार गर्न लगाउँदै थिएत्यसै बेला २१ मार्च १७७१ ई.मा उनको मृत्यु भयो । रामकृष्ण कुँवरको मृत्युपछि १८ वर्षीय उनका छोरा रणजित कुँवर नवविजित जुम्लाका हाकिम नियुक्त भए । त्यहाँ शान्ति सुव्यवस्था राम्रो गर्न सफल भएकाले उनलाई नेपालका चारकाजीमध्ये एक काजी बनाइयो ।
रणजित कुँवरका तीन भाई छोरा थिए ः बालनसिंह कुँवरबलराम कुँवर र रेवन्त कुँवर । रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई ठिक मौकामा मारेबापत् बालनरसिंह कुँवर काजी बनाइए । उनको मान र जागिर उनका उत्तराधिकारीहरूले पनि पाउने भए । काजी बालनरसिंह २४ डिसेम्बर १८१४ ई.मा दिवङ्गत भए ।
राणाकालीन प्रधानमन्त्री तथा तिनको मुख्य योगदान

१. जङ्गबहादुर (१९०४१९३३) : वि.स १९०८ मा न्याय व्यवस्था तथा अपराध कानुन तोकिएको मुलुकी ऐन पहिलो पटक जारी । दरबार स्कूलको स्थापना ।
२. रणोद्दीप (१९३३१९४२) : सर्वप्रथम पात्रो प्रकाशन र मालपोत उठाउने नयाँ बन्दोबस्त गरिएको ।
३. वीर शमशेर (१९४२१९५७) : भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माणवीर अस्पताल (वि.स.१९७४)वीर पुस्तकालयको स्थापनाघण्टाघरको निर्माण ।
४. देव शमशेर (१९५७१९५८) : गोरखापत्रको प्रकाशन प्रारम्भसरकारी समय १०५ बजे निर्धारणसरकारी बिदाको व्यवस्थापाठशालाहरूको स्थापना ।
५. चन्द्र शमशेर (१९५८– १९८६) : सती प्रथाको उन्मुलनदासमोचन, पहिलो पटक बिजुली बत्तीको व्यवस्थापहिलो कलेज त्रिचन्द्रको स्थापना, गोरखा भाषा प्रकाशिनी समितिको स्थापनारेल्वे आदिको विकास, नेपालको नक्सा निर्माण ।
६. भीम शमशेर (वि.स.१९८६१९८९) : नून र कपासमा भन्सार माफीकपास खेतीलाई प्रोत्साहन ।
७. जुद्ध शमशेर (वि.स.१९८९२००२) : पहिलो बैँक (नेपाल बैँक) को स्थापना, घरेलु उद्योगको विकासउच्च अदालतदमकलम्यूजियम र चिडियाखानाको स्थापना ।
८. पद्य शमशेर (२००२२००५) : पहिलो संविधान जारीकाठमाडौँ म्यूनिसिपालिटी स्थापना ।

९. मोहन शमशेर (२००५२००८) : आकाशवाणीको स्थापनाराष्ट्रिय आर्थिक समितिको गठन ।

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement