कार्ययोजनाको पहिलो बुदाँमा एक साताभित्र सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गरिने, विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भए/नभएको अनुगमन छ ।
सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउने पनि मन्त्री पौडेलको कार्ययोजनामा छ ।
स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाइने, समयमै सबै सेट पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउने, संघीय शिक्षा ऐनको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी अगाडी बढाउने कार्ययोजना पनि मन्त्रीले अघि सारेका छन् ।
0 Comments